Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हामीले हप्तामा कति दिन आफ्नो स्मार्टफोन घरमा छाडेका छौँ ? अधिकांशको जवाफ हुन्छ ‘कहिल्यै छैन’ ।
केही वर्ष अगाडिसम्म स्मार्टफोन सबैसँग हुँदैनथ्यो र फोन नचलाएर पनि हामी खुसीसाथ बाँचेका थियौँ । तर आश्चर्यजनक अहिले त्यो विश्वभरका अर्बौँ मानिसहरूका लागि एकदम जरुरी उपकरण बनिसकेको छ । फोन गर्न या म्यासेज गर्न बाहेक यसले प्रदान गर्ने अन्य सेवा र विशेष गरी केही एप्सहरु हामीलाई नभई नहुने बनिसकेका छन् ।

यदि केही वर्ष अगाडि कसैले हामीलाई एउटा पाइन्टको सानो खल्तीमा अटाउने डिभाइसबाट च्याट गर्न, फोटो राख्न, भिडियो हेर्न, आमने-सामने भिडियो कल गर्न सकिन्छ त्यो पनि निःशुल्क भनेको भए सायदै कसैले यसमा विश्वास गर्दथ्यो होला । तर फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट र ट्वीटरले यसलाई सम्भव पारे । आज यी एप्सहरु विश्वभर सबैभन्दा बढी चलाइने र डाउनलोड हुने एप्समा पर्दछन् ।

अहिलेका स्मार्टफोन कामका हिसाबले पनि अत्यन्तै उपयोगी बनेका छन् भने कतिपय अवस्थामा चाहिँ यसलाई अवरोधक पनि मानिएको छ । स्मार्टफोनप्रति मान्छेको निर्भरता यति धेरै बढिसकेको छ कि एकै छिन फोन साथमा नहुँदा मान्छेलाई के छुटेको जस्तो के नभएजस्तो अनौठो लाग्दछ ।

मान्छेमा फोन चलाउने कुनै काम नपरे पनि म्यासेज, ब्याट्रीलगायत चेक गरिरहने बानी भइसकेको छ । यति मात्र नभएर सुत्दा पनि फोन साथमै राखेर सुत्ने गरिन्छ । त्यसैले पछिल्लो समय केही मानिसहरू डिजिटल दुनियाँबाट मुक्त रहन स्मार्टफोन नबोक्ने निर्णय पनि गरिरहेका छन् ।

जस्तै एउटा घटनामा क्याम एडेरले आफ्नो जीवन नै अन्त्य हुने स्थिति आइसकेपछि मात्र अनलाइन भिडियो गेमप्रतिको आफ्नो लत नियन्त्रण बाहिर गइसकेको आभास गरे । उनी भन्छन्, ‘मैले यससँग १० वर्ष सङ्घर्ष गरेँ । मैले स्कुल पनि छाडेँ, कहिल्यै कलेज गइनँ र परिवारलाई ठगेर जागिर खाएको नाटक मात्र गरेँ । यसपछि अन्ततः मैले सुसाइड नोट लेखें । अनि मात्र मलाई वास्तवमै मद्दतको आवश्यकता रहेको थाहा पाएँ । अहिले म मेरो गेमिङको लतबाट मुक्त छु ।’

यसरी प्रविधि र विशेष गरी इन्टरनेटप्रतिको लत दुनियाँभर गम्भीर बन्दै गएको छ । र कोरोना महामारीले यसलाई अझ उचाइमा पुर्‍याइ दिएको छ । धेरै मानिसहरू अहिले मोबाइल छाड्नै नसक्ने, नचलाई बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । फोनमा केही जरुरी नभए पनि यत्तिकै स्क्रोल गरिरहने, चलाइरहने बानी धेरैमा व्याप्त भएको देख्न सकिन्छ । महामारीमा मानिसहरू सामान्य अवस्था भन्दा धेरै गुणा बढी समय स्क्रिन हेरिरहेको विभिन्न रिपोर्टले देखाएका छन् । यसमा विशेष गरी युट्युबका धेरै कन्टेन्टहरू गेमिङसँग सम्बन्धित हुने गरेको पाइएको छ ।

धेरैले इन्टरनेट या मोबाइल ‘एडिक्सन’ लाई ड्रग्स या मदिराको लत जति गम्भीर रूपमा लिँदैनन् । तर वास्तविकतामा यो पनि उत्तिकै समस्याजनक र हानिकारक छ । न्युरो साइन्टिस्ट तथा डिजिटल एडिक्सनविद् डाक्टर एन्ड्रयु डोअनका अनुसार लकडाउनले इन्टरनेट र फोनप्रति लत लाग्ने समस्यालाई ठूलो रूपमा बढाइदिएको छ ।

उनी भन्छन्, ‘जीवनमा तनाव हुँदा यसले हाम्रो व्यवहारमा पनि उल्लेखनीय प्रभाव पार्दछ । जस्तै त्यो परिस्थितिमा व्यक्ति तनावपूर्ण वातावरणबाट उम्किन खोजिरहेको हुन्छ । र महामारीको समयमा मान्छेले सामाजिक सञ्जाल, गेमिङजस्ता माध्यमबाट आफूलाई मनोरञ्जन दिलाइरहेका थिए । तर पनि यस किसिमले तनावलाई कम गर्न वास्तविकताबाट उम्किने क्रम बढ्न थाल्यो भने यसैले ‘एडिक्सन’ को रूप लिन्छ ।’

इन्टरनेटको एडिक्सन कम गर्नका लागि प्राविधिक कम्पनीहरूले अनेकौँ उपाय लगाइरहेका छन् । तर कुनै उपाय पनि त्यति प्रभावकारी साबित भएको छैन । कतिपय मानिसहरूमा चाहिँ इन्टरनेट एडिक्सन बिस्तारै अनलाइन बेटिङ (बाजी) मा पनि परिणत हुन सक्छ जुन खतरनाक हुनेछ ।

अनलाइन प्लेटफर्महरु प्रायः हामीले बिताउने समय बढाउने किसिमले नै डिजाइन गरिएको हुन्छ । त्यसैले चाहेर नचाहेर मान्छेले निर्धारित गरेको भन्दा बढी समय यसमा बिताउँदछ । भिडियो गेमको लत सम्बन्धी विज्ञ डाक्टर डोआन कुनैबेला आफैँ यसको सिकार बनेका थिए । उनी भन्छन्, ‘जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनमा पढ्दै गर्दा मैले दश वर्षसम्म हरेक हप्ता ८० देखि १०० घण्टासम्म भिडियो गेम खेल्थेँ ।’

उनका अनुसार अत्यधिक रूपमा गेमिङ, पोर्नाग्राफी र काम भन्दा बाहेक सामाजिक सञ्जालको प्रयोग गर्नुले नै मान्छेमा लत लाग्ने व्यवहार उत्पन्न गराउँछ । मान्छेले दैनिक यी गतिविधिलाई स्ट्रेसबाट छुटकारा पाउने माध्यम बनाइराखेमा यसको नराम्ररी लत लाग्दछ । लतबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय भनेको स्मार्टफोन हामीले चाहेको बेलामा मात्र चलाउने अर्थात् फोनलाई हामीलाई नियन्त्रण गर्न नदिने भएको उनले बताए ।

तपाईको प्रतिक्रिया