Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं –  सम्बन्ध विच्छेद भइसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’ लाई पक्राउ गरिएको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

थापाले पूर्व पत्नीलाई इच्छा विपरीत बलात्कार गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्व पत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया