Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टाेकियाे – जापानमा नयाँ संसद गठनका लागि आज निर्वाचन भइरहेको छ । क्योदो न्युज एजेन्सीका अनुसार अहिले मतदान भइरहेको छ र यो स्थानीय समयानुसार राति ८ बजेसम्म जारी रहनेछ ।

यही महिना मात्र जापानका प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको कार्यकाल सकिनुअघि नै नयाँ गठनका लागि निर्वाचन घोषणा गरेका थिए । ‍जापानको तल्लो सदनका कूल ४६५ सदस्यमध्ये २८९ जना प्रत्यक्ष र बाँकी १७६ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिन्छन् ।

अहिलेको चुनावमा पनि वर्तमान सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया