शुक्रबार, फाल्गुण ११, २०८०
Friday, February 23, 2024

काठमाडौं – आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनाउन लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।

साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ । दाङ समिक्षा थापाले घर बिहान ४ बजेदेखि लाइनमा बसेको बताइन् । यस्तै थानकोटका नुबु दोर्जे पनि बिहान ४ बजेदेखि नै लाइनमा छन् । झापाका जितबहादुर  राईले आफू बिहान ६ बजेदेखि लाइनमा बसेको बताए ।

तनहुँको खैरेनिटारकी प्रीति गुरुङ, धनुषा रवीन्द्र काप टोकनका लागि विहानै देखि लाइनमा छन् । विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भएपनि आइतबार करिब दुई हजार मान्छे लाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया