Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् ।

मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी शनिबारै काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेकी नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए ।

नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवम् तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एवम् तीर्थयात्रा सुरिक्षत रहेको सन्देश दिन राष्ट्रपति तीन दिने धार्मिक भ्रमणमा निस्किएकी हुन् ।

नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचारका लागि राष्ट्रपति भण्डारी मुस्ताङमा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी शनिबारै बागलुङमा अवस्थित ढोरपाटन शिकार आरक्ष अवलोकन भ्रमणमा पुगेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबारै ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षण समेत गरिन् । निरीक्षणपछि राष्ट्रपति समक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे जानकारी दिए ।

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । राष्ट्रपति भ्रमणमा आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए ।

ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू-भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया