Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल हातमा टोपी बोकेर कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् ।

‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ ? एमाले मार्न’, ओलीले भने, ‘पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।’

वि.सं. २००७ सालदेखि नै कांग्रेस देश ‘भडुवा’ पार्टी भएको भन्दै ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको बताए । ‘कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिध्याएर आएको पार्टीलाई मास्न कुदेका छन् । पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नि’, सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ।

तपाईको प्रतिक्रिया