Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको भूमि नेपालको नक्सामा गाभेपछि माधव नेपाल र प्रचण्डहरूको मुटु जलेको टिप्पणी गरेका छन् । आज सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा छापेपछि उनीहरूको मुटु मात्र होइन कलेजो र फोक्सो पनि जल्यो,’ ओलीले भने, ‘आफ्नो सरकार ढालेर कम्फटेबल सरकार बनाउनका लागि उनीहरूलाई विदेशीले प्रयोग गरे ।’

उनले माधव नेपालको पार्टीको नाम सुन्दा अचम्म लागेको पनि बताए । ‘एमालेलाई सक्न राजाले नसकेको,पञ्चायतले नसकेको अब माधव नेपालले सक्ने रे, जुन पार्टी चोइटिएको छ । त्यसको नाम एकीकृत रे । सुन्दै अचम्म लाग्दो छ,’ ओलीले भने ।

तपाईको प्रतिक्रिया