Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालको चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज हुँदैछ। पोखराको लेकसाइडमा साँझ ४ः३० बाट फिनाले सुरु हुने भएको हो।

‘प्रतिस्पर्धा दोहोरीको,संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु गरिएको भएको रियालिटी शोको फिनालेमा प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ। ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि यी दुई समूहबीच प्रतिष्पर्धा हुनेभएको हो।

नेपाल टेलिभिजनको आयोजनामा सुरु गरिएको यो शो को तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ।

उपाधिका लागि सर्वसाधारणले साँझ ६ बजेसम्मका लागि भोटिङ गर्न पाउनेछन्। दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ।

उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ। तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।

फिनालेमा चर्चित गायक–गायिकाहरूको समेत कार्यक्रममा विशेष प्रस्तुति रहनेछ।

तपाईको प्रतिक्रिया