Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोरिने छुट नभएको बताएका छन्। नेपाली कांग्रेस सुनसरी – काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा बौल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले  जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए।पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उनको भनाई थियो।

‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् । अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन’उनले भने।

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताए।  १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई थियो। अर्को प्रसंगमा उनले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधान गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया