Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अभिनेता राजेश हमालको स्वरमा गीत रेकर्ड भएको छ । उनले ‘मन बूढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर दिएका हुन् ।

गीत दीपक शर्माले रचेका हुन् भने सङ्गीत पनि उनैले भरेका हुन् । नरेन्द्र वियोगीको एरेन्जमा बनेको गीतमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । गीतकार तथा सङ्गीतकार दीपक शर्माका अनुसार उक्त गीत अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिनाअघि रेकर्ड गरिएको हो ।

उक्त गीतको भिडिओ पनि बनाउने तयारी भइरहेको छ । जसमा अभिनेता राजेश हमाल आफैँले अभिनय गर्नेछन् । साथमा रेश्मा घिमिरेलगायत कलाकार रहने निर्माण पक्षले जनाएको छ । भिडिओ तिहार अगाडि नै तयार हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया