Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं –  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तीनै तहको निर्वाचन एकैपल्ट गर्ने व्यवस्था मिलाउनु पर्ने प्रस्ताव गरेका छन् ।

पोखरामा पत्रकारहरूसँग नेपालले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार बेहोर्नुपरेको भन्दै तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताएका हुन् । सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने भन्दै उनले थपे, ‘एउटा प्रदेशको काम एकैचोटी सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटी सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला । कानुनी हिसाबमा के–के अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

स्थानीय तहको चुनाव आगामी चैतमा गर्न प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका सन्दर्भमा यसबारे सोचिनसकेको पनि बताए । अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्‍याइने दाबी पनि उनले गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रकरणमा आफूले धेरै अध्ययन नगरेको भन्दै उनले विवादमा ल्याउने काम चाहिँ एमाले अध्यक्ष केपी ओलीले नै गरेको आरोप लगाए । कसैको मान सम्मान नगर्ने ओलीले नै सबै सिस्टम भत्काउँदै हिँडेको र न्यायिक क्षेत्रमा पनि समस्या देखिएको उनको भनाइ थियो । प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नै नभएको भन्दै यो फगत हल्ला मात्र भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया