Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले आज (शुक्रबार) आफ्ना अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

बिहीबार मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने आफ्नो राजनीतिक प्रस्ताव दुईतिहाइ मतले पारित गरेपछि पाण्डे पक्ष रुष्ट भएको हो।

यस विषयमा स्पष्टीकरण माग्दै अध्यक्ष मिश्रलाई कारबाही गर्ने निर्णय गर्न संयोजक पाण्डे पक्षले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कमिटीको बैठक राख्ने भएको हो।

तपाईको प्रतिक्रिया