बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडाैं – जापानले नेपाललाई कोरोना महामारी विरुद्ध लड्न थप ११४ वटा अक्सिजन जेनेरेटर उपलब्ध गरेको छ ।

काठमाडौंस्थित जापानी दूतावासका उपनियोग प्रमुख योशिओका युजोले ती अक्सिजन जेनेरेटर बिभिन्न अस्पताललाई हस्तान्तरण गरेको जनाएका छन् । नेपाली जनताको जीवन रक्षाको लागि उक्त सहयोग गरिएको दूतावासले जनाएको छ ।

जापानले कोरोना महामारी विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्दै आइरहेको छ । कोरोना महामारी सुरु भएयता जापानले २५ वटा ब्लड ग्याँस एनलाइजर, २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड, ६ वटा एम्बुलेन्स र २७४ अक्सिजन जेनेरेटर नेपाललाई उपलब्ध गरेको छ ।

तपाईको प्रतिक्रिया