Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरिएको छ ।

अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र एक वा एकभन्दा बढी दलको बहुमत सांसदको समर्थन जुटाएर दाबी गर्न आउन आह्वान गरेसँगै बुधबार नै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेको हो ।

दाबी पेसका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीले बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुख कार्यालय पुगेर शर्मालाई हस्ताक्षर पत्र बुझाएका हुन् । एमाले सरकारबाट बाहिरी सकेको छ भने, विवेकशील साझा, नेमकिपा र राप्रपा सरकारमा सहभागी नहुने भएका छन् ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एसका १३ र जसपाका १ सांसद गरी ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् । १०९ सांसद सङ्ख्या रहेको बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख शर्माले संविधान बमोजिम नयाँ सरकार गठका लागी दाबी पेस गर्न बिहीबार ३ बजेसम्म समय तोकेका थिए ।

तपाईको प्रतिक्रिया