बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन गरेको छ । असोज ५-७ गतेको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तर पार्टी निर्देशन मार्फत प्रेषित गरिएको हो ।

कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा छन् भने उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानहरूको इन्चार्ज तोकिएका छन् ।

त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डेले राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमालले स्कुल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिएका छन् ।

तोक्यो सात प्रदेश इन्चार्ज
नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश-१ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् भने प्रदेश-२ को इन्चार्ज धर्मनाथप्रसाद साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भावत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिममा गरिमा साह इन्चार्ज तोकिएका छन् ।

हेर्नुस् कार्य विभाजन :-

तपाईको प्रतिक्रिया