बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टाेकियाे – जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ ।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ । टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ । यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ । यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ ।

जापानका व्यस्त सडकहरूमा उड्ने बाइक चलाउन सरकारले अनुमति दिएको छैन । अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा जानलाई हुनेछ ।

तपाईको प्रतिक्रिया