बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी देखिएको भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सिंहको काज सरुवा गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा उनको सरुवा रोकिएको छ ।

गृह मन्त्रालयले सिंहको सरुवा भैरहवा विमानस्थल गरेर उनको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको थियो । तर, सिंहले अन्तिममा सुदूरपश्चिममा कांग्रेसका नेताहरूमार्फत दबाब दिएर सरुवा रोक्न सफल भएका हुन । गृहमन्त्री खाँण प्रधानमन्त्रीको अगाडि उनको सरुवा रोकेर निरीह बनेका छन् ।

गृह मन्त्रालयका एक अधिकारीले उनको सरुवा भएको दाबी गरे पनि अन्तिममा आएर रोकिएको दाबी गरेका छन् । उनी चार महिना अघि काठमाडौँको प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए । एसएसपी सिंहलाई काठमाडौं ल्याउन तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेको भूमिका थियो ।

गृह मन्त्रालयका अधिकारीहरू भने सरुवाबारे अनभिज्ञता प्रकट गर्छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।’

काठमाडौं प्रहरी प्रमुखको रूपमा सिंहको एक वर्षे कार्य अवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इन्चार्जलाई कम्तीमा एक वर्षसम्म सरुवा गरिँदैन ।

काठमाडौं प्रहरी प्रमुखको रूपमा उनको भूमिकालाई लिएर प्रश्नहरु उठिरहेका थिए । सिंहबाट कार्य सम्पादन राम्रो हुन नसकेको भन्दै उनको सरुवा गर्न गृह मन्त्रालयलाई दबाब थियो । पछिल्लो समय प्रहरी प्रशासनको सरुवा बढुवामा गृह मन्त्रालय भन्दा बालुवाटार हावी बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया