Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – इलाममा एक व्यक्तिले धामी बसी झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेका छन् । देउमाई नगरपालिका-५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरूको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटिई गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया