Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – निजी वायुसेवा कम्पनी बुद्ध एयरको असोज ११ गते ‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटर’ मा समस्या देखिएपछि विराटनगर उडेको जहाज त्रिभुवन विमानस्थलमा पुनः अवतरण भएको थियो ।

पाइलट आङ गेलु शेर्पाले करिब दुई घण्टा आकाशमा जहाज होल्ड गरेर अन्ततः सुरक्षित रूपमा ७७ जनालाई अवतरण गराए । तर, उक्त जहाजले भोलिपल्टै उडान भरे पनि क्याप्टेन शेर्पालाई भने अनुसन्धानका लागि बिदा दिएको थियो ।

बुद्ध एयरले क्याप्टेनलाई बिदा दिएको एक महिना भएको छ । बुद्ध एयर कम्पनीले आन्तरिक रूपमा उक्त घटनाको विषयमा छानबिन गर्दा विमानमा कुनै खराबी नभएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनमा क्याप्टेन शेर्पामाथि भने शङ्का गरिएको छ ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो प्रतिवेदन सार्वजनिक गरे पनि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने छानबिन प्रतिवेदन सार्वजनिक गरेको छैन । क्याप्टेन शेर्पाले आफूमाथि अनुसन्धान गरिरहेकाले बिदामा रहेको बताए । बुद्ध एयरमा भएको घटनालाई ठूलो इस्यु बनाएका कारणले पनि सरकार पक्षबाट भएको छानबिनमा ढिला भएको शेर्पाको बुझाइ छ ।

‘यो घटना नर्मल थियो । संसारमा यस्तो घटना धेरै हुन्छन् । मैले फोर्स ल्यान्ड गरेको पनि होइन । नर्मल प्रक्रिया हो ,’ उनले भने, ‘यो विषयलाई बुझाउनेले बुझाउन सकेन र लेख्नेले लेख्न जानेन ।’ यो घटनालाई ‘रेस्पोन्स’ गरिएन ‘रियाक्ट’ गरिएको क्याप्टेन शेर्पाको दाबी छ ।

तपाईको प्रतिक्रिया