Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले झापा भ्रमणमा रहेका छन् । उनको साथमा विभिन्न नेता, कलाकार साथै माओवादीबाट एमालेमा प्रवेश गरेका स्थायी कमिटी सदस्य लेखराज भट्ट रहेका छन् ।

पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा कसलाई इन्चार्ज बनाउने भन्ने विषयमा विवाद रहेका बेला ओलीले लेखराज भट्टलाई आफ्नो साथमा लिएर हिँड्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको देख्न सकिन्छ । सुदुरपश्चिमको इन्चार्जमा एमालेका उपाध्यक्ष भीम रावलले पनि आफ्नो दाबी गरेका थिए । तर ओलीले आफ्नो साथमा भट्टलाई लिएर हिँडेका कारण भीम रावल एक्लिएको प्रष्ट बुझ्न सकिन्छ ।

झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे। भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए। स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे।

एमालेमा १० बुँदेको विषयलाई लिएर विवाद बढेका बेलामा ओलीले लेखराज भट्टलाई हात समातेर लिएर हिँड्नुमा उनले १० बुँदे मान्न तयार नभएको व्यक्त भएको चर्चा चल्न थालेको छ ।

तपाईको प्रतिक्रिया