बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे लगत्तै त्यसको तयारीमा प्रदेश कमिटी जुटेको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तीमा ५ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी दिए ।

प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभई पाँच दलीय गठबन्धनसँग भएको बताए । पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दाबी समेत गरे । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढङ्गले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।

तपाईको प्रतिक्रिया