शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

राउतका कार्यकर्ताले संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएका छन् । अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरूले निमित प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका हुन् ।

जनकपुरको रामानन्दचोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा भाटासहित दर्जनौँको सङ्ख्यामा पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरूले कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिट समेत गरेका थिए ।

उनीहरूले निमित्त प्रमुख कुशवाहाहको कपडा च्यातेर अर्धनग्न बनाइ नालामा रहेको हिलो दलेर जनकपुर घुमाएका छन् । जनमत पार्टीका एक कार्यकर्ताले निमित प्रमुख कुशवाहालाई जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोल स्थित रहेको सडक निर्माणमा ढल निकासको समस्याका लागि पटक पटक आग्रह गर्दा समेत कुनै वास्ता नगरेपछि यस्तो कारबाही गरिएको बताए ।

तपाईको प्रतिक्रिया