बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – लागूपदार्थ केसमा धरौटीमा रिहा हुन नसकेका आर्यन खानलाई भेट्न शाहरुख खान बिहीवार बिहान आर्थर रोड जेल पुगेका छन् । छोरासँग उनले लगभग २० मिनेट समय बिताए ।  बुधवार मुम्बईको सेसन्स कोर्टले आर्यन खानलाई धरौटीमा रिहा गर्न नमिल्ने फैसला सुनाएको छ ।

छोराको विषयमा शाहरुख तीन हप्तादेखि चिन्तित छन् । उनले छोरालाई प्रत्यक्ष भेट्न नपाएको लामो समय बितिसकेकाले अधैर्य भएर आफैं भेट्न पुगे । लगभग २० मिनेट उनी जेलमा बसे अनि त्यहाँबाट निस्के ।

पहिलापहिला शाहरुखले आर्यनसँग भिडियो कलमा कुरा गर्ने गरेका थिए । अहिले चाहिँ उनी आफैं जेलमा छोरा भेट्न पुगेका हुन् । शीशाको पर्खालबाट इन्टरकमको सहायताले बाउछोराबीच कुराकानी भएको थियो । कुराकानीका बेलामा चारजना गार्ड पनि उपस्थित थिए ।  शाहरुखलाई जेलमा कुनै विशेष व्यवहार गरिएन । उनको आधार कार्ड लगायतका कागजात हेरियो अनि टोकन दिएर भित्र पठाइयो ।

 

तपाईको प्रतिक्रिया