बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – भारतमा जति सुनप्रतिको लगाव विश्वमा अरु कहिँ छैन  र हालैमा चाडपर्वको समयमा भनेर खान मिल्ने सुनको जलप लगाइएको ‘बर्गर’ ले सबैतिर नयाँ बहस सुरु गराएको छ । मुम्बइका रेस्टुरेन्टहरुमा यस किसिमका बर्गर प्रदान गर्न सुरु गरिएसँगै यसको अधिकतम माग बढेको छ । कतिले चाहिँ यसप्रति गुनासो र हाँसो पनि व्यक्त गरिरहेका छन् ।

तर राम्रो व्यापार भएपछि सो रेस्टुरेन्टले अहिले देशैभरि यसका अन्य ब्रान्च पनि खोल्ने योजना बनाइरहेको छ । ‘द लुइस ग्रान्ड रोयेल’ मा ‘डबल बफ प्याटी’ को खान मिल्ने सुनको जलपयुक्त ‘बन’ राखेर, ६९५ भारुमा यो बर्गर बेचिराखिएको छ ।

त्यस्तै अर्को ‘ट्रफल टेक बर्गर’ जसमा च्याउ, मेयो, शिमेजी लगायत राखेर बनाइने सुनको बर्गरलाई चाहिँ ११.५५ अमेरिकी डलर अर्थात भारु ८८८ मा विक्री गरिन्छ । यो भनेको भारतमा औसत दैनिक श्रमिकको दुई दिनको तलब हो ।

तपाईको प्रतिक्रिया