शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टाेकियाे – चीन र रुसका १० वटा जलसैन्य जहाजहरू जापानको मुख्यभूमि र होक्काइदो टापुबीचको जलसन्धि हुँदै गएपछि जापान सतर्क बनेको छ ।

आफूले जहाजहरूको गतिविधि नजिकैबाट नियालिरहेको जापानका मन्त्रिपरिषद् सहसचिवले मंगलवार बताए । ‘हामी जापान नजिकको जलक्षेत्र र हवाईक्षेत्रमा निगरानी गरिरहनेछौं,’ योशिहिको इसोजाकीले भने । चुगारु जलसन्धि हुँदै चीन र रुसका जहाज गएको पुष्टि जापानले पहिलोपटक गरेको हो । उक्त जलसन्धिले जापान समुद्रलाई प्रशान्त महासागरबाट छुट्ट्याउँछ ।

त्यस जलसन्धिलाई अन्तर्राष्ट्रिय जलक्षेत्र मानिने भए पनि जापान र चीनबीच पूर्वी चीन सागरका साना टापुहरूको स्वामित्वका विषयमा विवाद छ । जापानले मस्कोसँग पनि भूभागको स्वामित्वका विषयमा विवाद गर्दै आएको छ । जापानको रक्षा मन्त्रालयका प्रवक्ताले जापानको जलक्षेत्रलाई उल्लंघन नगरिएको र ती जहाजहरूले अन्तर्राष्ट्रिय नियम पनि नभत्काएको बताए ।

रुस र चीनले अक्टोबर १४ देखि १७ सम्म संयुक्त जलसैन्य अभ्यास गरेका छन् । दुई देशबीच जलसैन्य सहकार्यको सहमति बनेको छ ।

तपाईको प्रतिक्रिया