शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा अक्टोबर अन्तिम साता हुने तल्लो सदनको निर्वाचनका लागि चुनावी अभियान मंगबारबाट सुरु भएको छ । उम्मेदवारहरू चुनावी अभियानमा आ-आफ्नो क्षेत्रमा भोट माग्न पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले बहुमत हासिल गरेमा आफ्नो जित मान्ने नव निर्वाचित प्रधानमन्त्री किशिदाले बताएका छन् । किशिदाले कोरोना भाइरस नियन्त्रणका उपायहरू र आर्थिक नीतिहरूलाई अगाडि सारेका छन् भने प्रतिपक्षी दलहरूले भने प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनको शक्ति कमजोर बनाउन आपसी काम काम गरिरहेका छन् ।

मतदान अक्टोबर ३१ मा हुनेछ । चुनावी अभियान अक्टोबर ३०सम्म अर्थात १२ दिन चल्नेछ । तल्लो सदनमा ४६५ सिटका लागि मतदान हुनेछ । बहुमत ल्याउनका लागि २३३ सिट चाहिन्छ ।

चार वर्षमा हुन लागेको तल्लो सदनको निर्वाचनमा ५६ प्रतिशतले मतदान गर्ने सर्वेक्षणले देखाएको छ । केही दिनअघि एनएचकेले गरेको सर्वेक्षणमा सहभागीहरूले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया