शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले १०० दिनको अवधिमा केही राहतका कार्यक्रम अगाडि बढाइएको बताएका छन् । क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने, कोरोना महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने जस्ता निर्णय सरकारबाट भएको उनको भनाइ छ ।

गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तरवार्तामा देउवा १०० दिनमा गरेको कामबारे यसो भन्छन्ः

सय  दिनमा  सरकारले  जनतालाई  अरू  के  के  दिन  सक्यो ? सय दिनका उपलब्धिहरू के के हुन् ?

यो सरकारले एकदमै ठूलो राहतको घोषणा गरेको छ त म भन्दिनँ तर पनि केही राहतका कार्यक्रम अगाडि बढाएका छौँ । सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्नेे निर्णय गरेको छ । महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने घोषणा पनि गरेको छ । अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने प्रक्रिया पनि अगाडि बढेको छ । यसबीचमा हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट  पीडितहरूलाई  खाद्यान्नलगायतको  सहयोग  पनि उपलब्ध गराएका छौँ । अहिले सुुदूरपश्चिमका केही जिल्लामा परेको अविरल वर्षाले ठूलो क्षति पुु-याएको छ । महाकालीमा आएको बाढीले ठूूलो क्षति पुु¥याएको अवस्था  छ  ।  जनताको  सुरक्षा  र  राहतमा  सरकार  प्रतिबद्ध छ ।

तपाईको प्रतिक्रिया