बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – सेयर बजारमा पुुनः गिरावट आएको छ । दसैँपछि खुुलेको दोस्रो दिनमै बजार फेरि घट्न पुुगेको हो । आइतबार बढेको नेप्सेले लगानीकर्तालाई उत्साहित बनाए पनि सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । विशेष गरी साना लगानीकर्ता आत्तिएका देखिन्छन् ।

बजारको यथेस्ट संकेत अझै देखिएको छैन । आइतबार दोहोरो अंकले बढ्दा नाफा बुुक गर्ने सोचसहित लगानीकर्ता बसेका थिए । कम्पनीहरूले लाभांश घोषणा गरेको अवस्थामा हतारिएर सेयर बेचिहाल्ने पक्षमा पनि लगानीकर्ता छैनन् । बैंकमा ब्याजदरको समस्या पनि हल हुुँदै गएको अवस्था छ । दसैँ सकिन अझै केही दिन बाँकी नै छ । लगानीकर्ता खुुलेर बजारतर्फ सोझिएका पनि छैैनन् । त्यसकारण पनि बजार उकालो लाग्न नसकेको केही लगानीकर्ताको अनुुमान छ ।

अर्कोतर्फ बैंकहरूले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजारलाई कहिले मौद्रिक नीतिमा, बैंकको कर्जालगायतको क्यापको प्रभाव त कहिले ब्याजदरको बहानाले सेयर बजारको स्तर झनै घटेको प्रस्ट छ ।

सोमबार नेप्से दुई हजार ६ सयको बिन्दुुमा अझै ओरालो लागेर दुई हजार पाँच सय दशमलव ८७ को बिन्दुुमा आएर बन्द हुुन पुुगेको छ । सो दिन नेप्से सूचक ६९ दशमलव ५१ अंकले घट्न पुगेको छ । कारोबारमा आएका १३ समूूहका सूूचकमा १२ समूूहका सूूचक नकारात्मक बन्न पुुगेका छन् भने ट्रेडिङ समूूहको सूूचक मात्र झिनो अंकले सकारात्मक रहन पुुग्यो । सो दिन सर्वाधिक गुुमाउनेमा फाइनान्स, जलविद्युुत्, विकास बैंकका लगानीकर्ता रहेका छन् भने माइक्रो फाइनान्स, जीवन बिमा समूूहको सूूचकमा उच्च अंकको गिरावट आएको छ ।

सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । युुनाइटेड मोदी, कालिका पावर कम्पनी, युुनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनीको सेयर मूूल्य करिब ८ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् । नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, हिमालयन पावर कम्पनीको सेयर मूूल्यमा गिरावट आएको छ ।

कारोबारको हिसाबले पनि सेयर बजार सुुस्त रहेको संकेत गर्छ । एक विज्ञ लगानीकर्ताका अनुुसार बजारको समग्र टे«न्ड हेर्ने आधार भनेको लगानीकर्ताको सेयर खरिद–बिक्रीको अवस्थालाई अध्ययन गर्नुुपर्छ । यदि लगानीकर्ता त्यसतर्फ आकर्षित छैनन् भने बजारको गति सुुस्त हुन सक्छ ।

अघिल्लो दिन ढेड अर्बको रुपैयाँको कारोबार भएकोमा सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १८ कम्पनीको ८७ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा दुई अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर कारोबार नबिल बैंकको नौ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको नौ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन पावर, अपि पावर, नेपाल बैंकको सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया