शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५-५ लाख र प्रशिक्षकहरूलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलो पटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया