बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्युजिक भिडिओमा टिकटक प्रतियोगीताको समय अवधि बढाइएको छ । करिब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भइरहेको छ ।

ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडिओलाई युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सफलतासँगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो । टिकटक प्रयोगकर्ताहरूको अनुरोधमा ट्री ईन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ । अब २०७८ कार्तिक ५ (२२ अक्टोबर २०२१)बाट २०७८ कार्तिक २२ (८ नोभेम्बर २०२१) सम्मको अवधि थप गरिएको छ ।

यो अवधिसम्म टिकटक बनाउन सकिने छ । टिकटकमा ट्री इन्टरटेन्मेन्टको युट्युबमा गीतको क्लिपहरू राखिएको छ । प्रतियोगीहरूले आयोजकले दिएको विभिन्न ह्यास्ट्याहरु प्रयोग गर्दै आफ्नो भिडियो बनाउनु पर्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जसको सबैभन्दा बढी भ्यूज र लाइक आउँछ उसैलाई विजेता घोषणा गरिनेछ ।

प्रतियोगीले गीतको धेरैभन्दा धेरै टिकटक बनाउन सक्नेछन् जसले गर्दा प्रथम हुन सहयोग मिल्ने छ । सबै भिडियोको भ्यूज र लाइकलाई आधार बनाई विजेता घोषणा गरिने छ । प्रतियोगीले धेरै भिडिओ बनाउन पर्ने छ । माइकल चन्दले निर्देशन गरेको भिडिओलाई उत्सव दाहालले छायाङ्कन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ ।

डिपी खनालले लेखेको गीतलाई शंकर स्माईलले सङ्गीत भरेका छन् । सङ्गीत संयोजन उदय राज पौडेलले गरेका छन् । शिलन लम्सालको सम्पादनमा रहेको भिडिओमा सम्राज्ञी साहसँगै एलिशा शर्माको फिचर गरिएको छ । गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेका छन् ।

तपाईको प्रतिक्रिया