शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – हामी बसिरहेको ग्रहमा पृथ्वीका चालहरू सामान्य छन्, तर जब ती शक्तिशाली हुन्छन्, मानवका लागि परिणाम विनाशकारी हुन सक्छ ।

भूकम्पीय दृष्टिकोणले संवेदनशील प्यासिफिक क्षेत्रमा रहेकाले जापानमा भूकम्प गइरहने गर्छ । कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । हालसालै राजधानीको नजिकै केन्द्रबिन्दु बनाएर एक शक्तिशाली भूकम्पले टोकियोलाई निकै हल्लायो ।

सबैभन्दा धेरै भूकम्प जाने देशको सूचि तयार पार्न ज्यादै कठिन छ । तर समग्रमा जापान भूकम्पीय जोखिमयुक्त क्षेत्रमाथि पर्ने भएकाले यहाँ भूकम्पको धक्का बढी आउँछन् । पृथ्वीमा आउने ६ वा सो भन्दा ठूलो परिमाणको भूकम्पहरुको २० प्रतिशत जापानमा महसुस गरिन्छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को तथ्याङ्क अनुसार जापानमा वार्षिक एक हजार भन्दा बढी भूकम्प आउने गर्दछ ।

अमुरियन प्लेट र ओकिनावा प्लेट तल फिलिपिन सी प्लेट छ । र, यी सबको माथि जापान छ । यी प्लेटबीच अक्सर घर्षण भइरहने गर्दा जापानमा भूकम्प गइरहन्छ । साथै, जापानका विभिन्न क्षेत्रमा बेलाबेला ज्वालामुखी विष्फोट समेत हुने भएकाले यहाँको जमिन हल्लिरहने गर्दछ ।
जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार सन् २०२० मा जापानभरमा करीब १ हजार ७ सय पटक भूकम्प गएको थियो । ***

तपाईको प्रतिक्रिया