शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – भारतको ओडिशास्थित नवरंगपुरमा नवरात्रिको समयमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । सो बाच्छोको २ टाउको र ३ वटा आँखा रहेको बताइएको छ ।

सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् । नवरंगपुरको बीजापुर गाउँमा किसा धनीरामले पालेको गाईले २ टाउको र ३ आँखा भएको बाच्छो जन्माएको हो ।

सो बाच्छोलाई आफ्नो आमाको दुध पिउन गाह्रो भएको धनीरामले इण्डिया टुडेलाई बताएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । अहिले सो बाच्छोलाई बाहिरबाट दुध किनेर लगेर खुवाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया