बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढि हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय :-

  • प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने ।
  • दैनिक १ गिलास गाँजरको रस पिउने ।
  • फोहोर शौचालयको प्रयोग नगर्ने ।
  • बोटैमा पाकेको अर्गानिक फल खाने ।
  • अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान-बिहान सेवन गर्ने ।
  • मेथीको साग खाने
  • अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने ।
  • सरसफाइमा विशेष ध्यान दिने ।
  • कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने ।

-विभिन्न एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया