Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडाैं – कोरोना भाइरस संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै जापानले नेपाललाई ६ ओटा एम्बुलेन्स सहयोग गरेको छ ।

ती एम्बुलेन्स नेपालमा कोरोना भाइरसविरुद्ध लड्नको लागि सहज हुने नेपालस्थित जापानी राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा राजदूत किकुताले भने, ‘नेपाली साथीहरुलाई जापानको तर्फबाट ६ ओटा एम्बुलेन्स उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’ जापान कम्पनी निसानद्वारा निर्मित उक्त एम्बुलेन्सहरु ‘फोरडब्लुडी’ रहेको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया