Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

मनोज पण्डित, नेपाली चलचित्रमा फरक धार प्रयोग र नेपालीपनसहितका चलचित्र निर्माणमा रुचि राख्ने निर्माता/निर्देशकमध्ये एक हुन् । दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय पण्डितले ‘लक्ष्य’बाट निर्देशकीय यात्रा थालेका थिए । ‘वधशाला’, ‘दासढुङ्गा’,  ‘खाग’  र लघु फिल्म ‘छाया’ उनले निर्देशन गरेका फिल्महरू हुन् । कोरोना महामारीका कारण अहिले फिल्म चल्न सकेका छैनन् र निर्देशित ‘एक’को प्रदर्शन पनि पछाडि धकेलियो । अब भने डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन हुँदैछ । यसै सन्दर्भमा उनै पण्डितसँग ‘एक’को निर्माण, राजनीतिक फिल्मप्रतिको झुकाव र नेपाली चलचित्रको कथाका विषयमा केन्द्रित रहेर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश:-

नेपाली चलचित्र उद्योगको विकास जसरी हुनुपर्ने हो त्यो भएको पाइँदैन । तपाईँलाई के लाग्छ ?
हो, नेपाली चलचित्र क्षेत्रमा धेरै प्रगति भएको स्थिति छैन । नेपाली चलचित्रको आधार ‘बम्बैया’ मनोविज्ञान हो । नेपाली चलचित्रको चेतनाको जग, नेपाली चलचित्रको संरचनाको जग र नेपाली चलचित्रको आवरणको जग बलिउडसँग जोडिएको थियो । उतैबाट आएका व्यक्तिले चलचित्र बनाउने, बम्बई घुमेर आउने व्यक्तिले चलचित्र बनाउने गर्दै जाँदा यसको प्रभावले नेपाली चलचित्र जगतलाई नराम्रोसँग गाजेको थियो । २०५२-५३ सालपछि भने नेपालको सम्बन्ध विश्वस्तरमा नै बिस्तार हुन थाल्यो । विश्व चलचित्र जगतको विषयमा जानकारी लिन थालेपछि भने केही परिवर्तन भयो । हिन्दी चलचित्रको प्रभावले नेपाली चलचित्रको अस्तित्व गुम्न थालेपछि भने आफ्नो अस्तित्वको खोजी गर्न थालियो । चलचित्रमा आफ्नोपन स्थापित गर्न सुरुवात गरियो पनि ।  तर ०६२-६३को जनआन्दोलन हुँदै देश सङ्घीयतामा गइसक्दासम्म सिनेमा क्षेत्र ‘मिस गाइड’ भइरहेको छ । जसरी समग्र राष्ट्र आन्तरिक द्वन्द्व र सीमित राजनीतिक स्वार्थमा फसेको छ, त्यसरी नै सिनेमा पनि साङ्गठनिक स्वार्थ र राजनीतिको भुमरीमा गाँजिएको छ । यसलाई बुझेको एउटा वर्ग मौन छ, अर्को वर्ग उत्तेजित छ । निकै नै सानो फिल्मको बजारमा पनि वर्षे च्याउझैँ वर्ग र स-साना गुट उब्जिएका छन् । जसका कारण समग्र सिने उद्योग प्रभावित बन्न पुगेको छ । सिनेमाको एउटा विकसित लय बन्न सकेको छैन । हाम्रो सिनेमाले समाज अध्ययन गरेन भन्छु म ।

सिनेमा क्षेत्र ‘मिस गाइड’ भयो भन्नुभयो । यो कसरी भइरहेको छ, स्पष्ट पार्दिनुस् न ? 
सिनेमा ‘मिस गाइड’ हुनलाई त कसैले गाइड गर्नुपर्छ । यो क्षेत्र त ‘गाइड’ समेत भएको छैन । सिनेमा कसरी अगाडि बढ्ने, कस्तो बन्ने समग्र क्षेत्र कस्तो बनाउने, विदेशी बजार कसरी खोज्नेजस्ता सामान्य कुराको पनि सिनेमा उद्योगसँग कुनै खाका छैन । बजारमा जे चल्छ, त्यही हेरेर केहीले निकै ‘कामचलाउ’ फिल्म बनाउँछन् । फिल्मकर्मीले फिल्म चलेन भने त्यसको दोष अरूलाई थोपर्ने काम गर्छन् । मिडियामा आफू चोखो हुनलाई अरूको खिल्ली उडाउँछन् । र, त्यसैमा रमाउँछन् । समाजको मूल्याङ्कन गर्दा तीन रङका छौँ हामी । पहिलो, जबरजस्ती ढङ्गले आफूलाई परिवर्तनशील देखाउने । दोस्रो, परिवर्तन सुनेको तर ज्ञान नभएको समूह र तेस्रो भएको परिवर्तनको अनुभूति नै गर्न नसकेको समूह । नेपाली सिनेमाका मेकरहरूको अवस्था पनि यही तीन किसिमका हुन् । अर्थात् हामी मेकरहरू अचेतन अवस्थामा छौँ । वास्तविकताभन्दा धेरै टाढा । अहिलेको आवश्यकता के हो ? मान्छेको आवश्यकता के हो ? पहिले यो पत्ता लगाउनुपर्‍यो मेकरले । तर यही कुरा पत्ता लगाउने फिल्म मेकरहरूको अत्यन्तै कमी छ, हामीकहाँ । यही कारण धेरै वर्षदेखि त्यही एक-दुई कथामा सिनेमा बनेका बन्यै छन् । म गर्व गर्छु मैले बनाउने चलचित्र नितान्त नेपाली चलचित्र हुन् ।तर तपाईँले बनाएका फिल्मले पनि दर्शकको तालीभन्दा गाली बढी खाएका छन् नि ! 
तालीभन्दा गाली पाउनुको मूल कारण नै दर्शक के हो भन्ने अध्ययनको अभाव हो । दर्शक भनेको त सबैभन्दा आधारभूत कुरा हो । फिल्म त बनाइएकै दर्शकका लागि हो । दर्शकलाई कस्तो अस्तित्व मान्ने त्यो ठूलो प्रश्न हो । राम्रो फिल्मकर्मीले दर्शकलाई मानवीय दृष्टिकोणले सम्मान गर्छ । दर्शकको चेतनालाई सम्मान गर्छ । कमजोर फिल्मकर्मीले दर्शकलाई केवल भीडको रूपमा देख्छ । र, उसले के सोच्छ भने दर्शकसँग छनौट र निर्णय गर्ने सामर्थ्य छैन । मैले संसारभरका राम्रा सिनेमा हेर्दा एउटा कुरा समान पाए । त्यो के भने, संसारका सबै राम्रा सिनेमाले नराम्रो मान्छेको कुरा गर्ने रहेछन् ।  म त कथ्य निर्देशक हुँ । कथ्य समाजको रोग निको पार्ने औषधि हो ।

चलचित्र निर्माण लगानीसँग पनि जोडिएको विषय हो, बजारको समस्या भएपछि निर्माणमा असर गर्ने भयो नि त फेरि ?
नेपालको बजार दलाल पुँजीवादी प्रणाली अनुसार हुर्किरहेको छ । नेपाल उत्पादनमूलक पुँजीवादी प्रणाली नभएको देश हो । यहाँ अन्य स्थानमा उत्पादित सामाग्रीको लेभल परिवर्तन गरेर उपभोग गर्ने गरिन्छ । आफ्नो बस्तु उत्पादन गर्ने प्रणाली नै छैन । त्यसैले हाम्रो बजार संरचनाको चेतनाले धेरै असर गरेको छ । यदि यो पुँजीवादी बजार प्रणाली हुन्थ्यो भने यसले सबैभन्दा धेरै आफ्नो सामान उत्पादन गर्न ध्यान दिन्थ्यो । आफ्नो सामाग्री विश्व बजारमा वितरण गर्न ध्यान दिन्थ्यो जसरी बलिउडले गरिरहेको छ । हाम्रोमा खपत त छ, तर आफ्नो पहिचानको, सिर्जनात्मक उत्पादन भने छैन । जसलाई हामी हाम्रो भन्न सक्छौँ त्यस्ता यस्ता चलचित्र यही आयातित बजारले छोपिदिएको छ । बजारले आफ्नो सामग्रीलाई रणनीतिक रूपले बहिस्कार गर्न थाल्छ भने चलचित्र बनाउन जोस जाँगर कम पक्कै हुन्छ । यसो भन्दैमा चलचित्र बनाउन रोकिएको छैन । बजारले साथ नदिँदा नदिँदै पनि नेपाली चलचित्र बनाउने प्रयत्न निरन्तर छ । यो बजारले आफ्नै अस्तित्व बोक्ने सामाग्रीलाई बेवास्ता र बहिस्कार गरेको छ ।अब ‘एक’को कुरा गरौँ, यो कसरी भिन्न चलचित्र ?
यो चलचित्रले नेपालमा बसेका व्यक्ति तथा देशको नै भाग्य निर्माण गर्ने पक्षमा केन्द्रित भएर विषय उठान गरेको छ । चलचित्र तब मात्रै देशको हुन्छ जब चलचित्रको मुख्य तत्त्व, द्वन्द्व देशभित्र भएको समस्या, भूगोल, मानिसको समस्या आत्मसाथ गरेको हुन्छ । यो चलचित्र देशको सबैभन्दा सम्भावित खतरामाथि बनेको छ । यसले हाम्रो अस्तित्वलाई परिचित गराउँछ । यसमा प्रमुख पात्रको उद्देश्य नेपाली अस्तित्वलाई बलियो बनाउने छ । म अरू विषयमा त फिल्म बनाउँला, तर म वास्तवमा खुल्छु राजनीतिक फिल्ममा नै । त्यसपछि मलाई अबको फिल्म पनि राजनीतिमाथि नै हुनुपर्छ भन्ने लाग्यो । त्यतिबेला ती दुई युवाहरूलाई सम्झेँ । २०६२-६३ पछि मधेस आन्दोलन देखियो । विखण्डनवादी सोचहरू देखियो । सीके राउतहरूको समूह देखियो । पहाडीलाई धपाइएको कुरा पनि देखेँ । यी सबै कुराले मलाई मधेसको विषयलाई फिल्ममार्फत देखाउनुपर्छ भन्ने लागेको थियो । यो आजभन्दा ६ वर्षअगाडिको सोच हो । अतः हरेक नेपालीले आफ्नो अस्तित्व खोज्न मद्दत पुग्ने भएकोले यो नितान्त नेपाली चलचित्र हो ।

तपाईँको फिल्मले तोड्ला त विखण्डनवादी सोच ?
मेरो फिल्मले पर्यन्त गरिसक्यो । ‘एक’ले थ्रेटमाथि प्रश्न गर्छ । त्यो चिन्तनमाथि प्रश्न गर्छ जसले मधेसलाई आजसम्म विखण्डन गरेको छ । मधेसमा विखण्डनको सोच कसरी विकास भयो ? ‘एक’ले तराईमा अवस्थित विखण्डनको सोच मात्र होइन सिंहदरबार र बालुवाटारलाई पनि प्रश्न गर्छ । विखण्डन र विभेदमाथि प्रहार गर्छ ।

महामारीबीच नेपाली फिल्मकर्मीले डिजिटल प्लेटफर्मलाई खासै प्रयोग गर्न सकेनन् । तपाईँले कसरी आँट्नुभयो ?
आजसम्म नेपाली फिल्म मधेसका दर्शकले एकदमै कम हेर्नुको कारण उनीहरूको प्रतिनिधित्व हो । उनीहरूको भूगोल उनीहरूको जीवन, सोच र उनीहरूको रङलाई प्रतिनिधित्व नगरेको कारणले आजसम्म उनीहरूले नेपाली फिल्म नहरेका हुन् । सबैभन्दा ठूलो कुरा माध्यम होइन ? माध्यमभन्दा पनि विषयवस्तु ठूलो हो । ‘एक’ले उनीहरूको विषयवस्तु प्रतिनिधित्व गर्छ भन्ने विश्वासले यो फिल्म उनीहरूले हेर्न सम्भावना छ । यसपटक त उनीहरूले घरमै बसेर फिल्म हेर्न सक्छन् । एप डाउनलोड गरेर मोबाइलमै हेर्न सक्छन् । त्यसैले हलमा फिल्म प्रदर्शन गर्न इच्छुक छैन म । डिजिटल प्लेटफर्ममा त दर्शकले स्वतन्त्र ढङ्गले आफूले चाहेको फिल्म हेर्न सक्छन् । अबको भविष्य नै डिजिटल प्लेटफर्म हो । डिजिटल परिवर्तनले संसारलाई यति धेरै फाइदा पुगेको छ । अब यसलाई बेवास्ता गर्न सकिन्न । डिजिटल प्लेटफर्मले फिल्म मेकरलाई ठूलो स्वतन्त्रता दिनेवाला छ । हल त मनोवैज्ञानिक रूपमा निरङ्कुश संरचना हो । त्यसले निश्चित समयावधिमा भीडको अपेक्षा गर्छ । यो भिडतन्त्रबाट मुक्ति दिने काम डिजिटलले गर्छ । म के भन्छु भने, मधेसको वर्तमान अवस्थासँग चिन्तित दर्शकले यो फिल्म हेर्न जरुरी छ । ‘एक’ राजनीतिक रूपले सचेत दर्शकले हेर्नुपर्छ । फिल्म मनोरञ्जन मात्र होइन सूचना पनि हो । समाज र देशको विकास र विकृतिमा कथ्यले भूमिका खेल्छ ।तपाईँ कुनै पार्टीतिर झुकाव राख्नुहुन्छ ?
मेरो आफ्नै राजनीतिक अवधारणा छ । अहिले सबै पार्टीहरू सत्तालाई कसरी बलियो बनाउने भन्नेतिर लागेको छ । सत्ताले जहिले पनि जनतालाई आफ्नो दासको परिधिभित्र हेर्छ । सत्ता त मालिकको संरचना हो । कुनैपनि संरचनामा मालिक हुनुहुँदैन भन्ने मेरो धारणा हो । म त्यस्तो समाजको निर्माण गर्न चाहन्छु जहाँ कोही पनि शासक नहोस् । म सत्ता कमजोर भएको देख्न चाहन्छु । म सत्ता कमजोर बनाउने सोचमा छु ।

हामीकहाँ बढी मनोरञ्जनात्मक फिल्म हेर्ने एउटा समूह छ । राजनीतिमाथि बनेको फिल्मले राम्रो बजार नपाउला भन्ने डर छैन ?
हो । बजार केही सीमित व्यक्तिहरूको हातमा छ । यसपालि म त्यो सीमित व्यक्तिहरूको पञ्जाबाट मुक्त भएर फिल्म प्रदर्शन गर्दैछु । तर त्यो गर्ने क्रममा मनोरञ्जनात्मक फिल्म हेर्ने ठूलो भीड एकातर्फ छ । राजनीतिसँग सचेतहरू मेरो फिल्मका लक्षित वर्ग हुन् । म मानिसहरूलाई अँध्यारोबाट उज्यालोमा ल्याउन चाहन्छु । म रुखो कुरा गर्छु तर, स्पष्ट भन्दिन चाहन्छु ‘जनता अँध्यारोमा छन्’ ।

अन्त्यमा आफूले बनाएका फिल्ममध्ये तपाईँलाई खास लाग्ने फिल्म कुन हो ?
‘ग्रेटर नेपाल’ सबैभन्दा महत्त्वपूर्ण काम हो । म अर्को ‘ग्रेटर नेपाल’ बनाउन सक्दिनँ । मलाई ग्रेटर नेपाल नै मेरो जीवनको ‘मास्टर पिस’ लाग्छ । त्यो ग्रेटर नेपालले अहिलेको युवाहरूमा देश, सिमाना र राष्ट्रियता भन्ने कुरा रोप्न सफल भएको छ । ग्रेटर नेपाल बनाएकोमा मलाई गर्व छ । तर दिनप्रतिदिन मेरो देश भताभुङ्ग हुँदै अस्थिर हुँदै, सार्वभौमसत्ता गुमाउँदा चिन्तित हुन्छु । महाकालीमा तुइन काटिँदा म चिन्तित हुन्छु । एमसीसीको दोधारमा देशको सार्वभौमसत्ता कतै गुम्दैन भनेर चिन्तित हुन्छु ।

तपाईको प्रतिक्रिया