शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – शिक्षण अस्पताल महाराजगञ्जले एकीकृत समाजवादीका अध्यक्ष माधवकुुमार नेपालको स्वास्थ्य सुधार उन्मुख रहेको जानकारी दिएको छ।

बुधबार अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा Electrolyte Sodium को मात्रा सामान्यभन्दा कम भएको थियो। तर बिहीबार परिक्षण गर्दा Electrolyte Sodium मात्रामा सुधार आएको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार शरीरका अन्य अंग सामान्य रहेका छन्। बिहीबार अध्यक्ष नेपालको छातिको सिटी स्क्यान गरिएको छ गरिएको थियो।

उनको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ। बुधबार सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबडी र छातीमा समस्या भएपछि नेपाललाई शिक्षण अस्पताल पुर्याइएको थियो।

अस्पतालको बेड नं ५०१ मा उपचार गराइ रहेका नेपालको भेटघाट पूर्ण रुपमा बन्द गरिएको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया