शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं — सिनेमामा देखिने कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अचेल म्युजिक भिडिओमा दोहोरिन थालेको छ। यो जोडीलाई दर्शकले मन पराउने भएकोले  म्युजिक भिडिओमा पनि दोहोर्याउन थालिएको छ।

झन्डै दुई हप्ताअघि यी दुईले अभिनय गरेको गीत ‘माया बिक्ने भएछ’ युट्युबमा  सार्वजनिक भएको थियो। यो गीत हाल युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। गीतमा शिव परियारको स्वर, एमटी गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत छ। यस गीतको भिडिओले हालसम्म १२ लाख भ्युज पाइसकेको छ।

प्रेम गर्ने जोडीको सम्बन्ध र बिछोडको कथा देखाइएको भिडिओमा धोका पाएको प्रेमीले आग्रह गर्छ- मायामा धोका दिनेलाई कानुन बन्नु पर्यो।

निकेश खड्काको निर्देशनमा बनेको भिडिओमा बुद्ध थापाको छायांकान र बिकाश धमलाले सम्पादन रहेको छ। गीत विशाल निरौलाको संगीत संयोजन तथा मिक्सिङमा बनेको यो गीतको भिडियो विशाल निरौला युट्युब च्यानल बाट सार्वजनिक भएको हो।
तपाईको प्रतिक्रिया