शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आउनुभएको छ । आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

गठबन्धन दलबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमत्ति भएको छ । जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने संख्याको पनि टुंगो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया