बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध ‘अभद्र भिडियो’ पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्‍जालमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध ‘आपत्तिजनक भिडियो’ पोस्ट गरेको भन्दै प्रहरीले दुई जनालाई शनिबार पक्राउ गरेको हो।

उत्तर प्रदेशको बलिया जिल्लाको बाँसीडीह रोडमा रहेको प्रहरी चौकीमा मन्दुरामले उक्त भिडियो पोस्ट गर्नेविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीपछि स्थानीय प्रकाश वर्मा र रमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

उनीहरु दुबै जनाले बिहीबार ट्विटर, फेसबुक र ह्वाट्सएपमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध अभद्र भाषा तथा गालीगलौज गरेर भिडियो पोस्ट गरेका थिए।

तपाईको प्रतिक्रिया