शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वेनझाउ क्यानडाको तीन वर्षसम्मको हिरासत बसाइपछि चीन फर्किएकी छन् । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार अमेरिकासँग सम्झौता भएलगत्तै मेङ क्यानडाबाट रिहा भएकी हुन् ।

तर उनको रिहाइअघि चीनले ३ वर्षदेखि हिरासतमा राखेका दुई क्यानडेली नागरिकहरुलाई रिहा गरेको थियो । अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा उनी २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिइन् ।

क्यानडाले मेङलाई पक्राउ गरेपछि चीनले क्यानेडेली दुई नागरिकलाई पक्राउ गरेको थियो । जसले गर्दा चीन र क्यानडाबीच तनाव थियो ।

याे पनि : क्यानडाबाट रिहा भएलगत्तै ह्वावेइकी उच्च अधिकारी चीन फिर्ता

तपाईको प्रतिक्रिया