बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडाैं – नेकपा माओवादी केन्द्रले ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीतिसहित संगठन निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।

‘टोलबाट देश निर्माण गरौँ, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नारा तय गर्दै माओवादीले संगठित सदस्यको संख्या ३० लाख पुर्याउने लक्ष्य राखेको हो । एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्यको नीति कार्यान्वयन गरे तीस लाख संगठित सदस्य बनाउन गाह्रो नहुने शर्माको दाबी छ ।

माओवादीको ३०-३१ साउनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले ११-१३ पुसमा राष्ट्रिय सम्मेलनको मिति तय गरेको छ । त्यसअघि १० असोजमा सबै सेल कमिटी र टोल भेला सम्पन्न गर्ने २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने सो पार्टीको योजनाअनुसार गतिविधि अघि बढेको छ । माओवादीको कार्ययोजनामा ३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गरिसक्ने छ ।

तपाईको प्रतिक्रिया