बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – जाजरकोटकाे जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाई समेत सोही तौलको माला लगाएको छ ।

लाखौं रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् । उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया