शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – नेपाली चलचित्रकी स्टार अभिनेत्री सम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग देखिने भएकी छन् । म्युजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग स्क्रिन सेयर गर्ने भएकी हुन् ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दीपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शङ्कर थापा स्माइलको सङ्गीत र उदय राज पौडेलको सङ्गीत संयोजन गरेको छ । गीतमा कोरियोग्राफी माइकल चन्दको रहेको छ ।

गीतको भिडियोको छायाङ्कन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यु-ट्युब च्यानल मार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबिच भएको सम्झौता पश्चात् छोटो प्रतिक्रिया दिँदै अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँ पन मन परेको बत्ताएकी छन् ।

तपाईको प्रतिक्रिया