शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ ।  बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना क्याडिजसंग गोल रहित बराबरीमा रोकिएको हो । स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ ।

भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो । यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो ।

बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।

राति भएको ला लिगाको अन्य खेलमा रियल सोसिडाडले ग्रानडामाथि ३-२ को रोमाञ्चक जित निकालेको छ । यस्तै रियल बेटिसले ओसासुनाविरुद्ध ३-१ को जित आत्मासाथ गरेको छ ।

तपाईको प्रतिक्रिया