शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विदेश विभाग मोर्चा अन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे निर्वाचित भएका छन् । बुधबार राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

‘प्रवासमा हुने सबै खाले शोषण दमन र दलालीको भण्डाफोर गरौं, नेपाली जनप्रगतिशील मोर्चा जापानको तेस्रो अधिवेशन सफल पारौं’ भन्ने नारा सहित अधिवेशन सम्पन्न भएको थियो । आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथि रहेका थिए । उनले भर्चुअल माध्यमबाट अधिवेशनलाई सम्बोधन गरेका थिए ।

विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला (कन्चन) तथा पार्टी सम्बद्ध नेपाली जनप्रगतिशील मोर्चा युरोप, कतार, मध्य पूर्व, पूर्वी एसिया, बहराइन, साउदी, मलेसिया, युएई, ओमान, हङकङ र पोर्चुगलका संयोजकहरूले पनि भर्चुअल माध्यमबाटै शुभकामना दिए थिए ।औपचारिक कार्यक्रम पछि भएको बन्द सत्रबाट अध्यक्षमा गैरे, वरिष्ठ उपाध्यक्षमा सरु अधिकारी, उपाध्यक्षमा आकाश वली र निरञ्जन भट्टराई, महासचिवमा कृष्ण शाही, सचिवमा अनिल पन्त, कोषाध्यक्षमा टोप घर्तिमगर निर्वाचित भए ।

यसैगरी सदस्यहरूमा प्रकाश बिक, भीम न्यौपाने, सुदर्शन नेपाल, अवि गजमेर, गणेश केसी, सागर भारती, ठकेन्द्र वली, सन्तोष चन्द, सबिना वली, नवीन न्यौपाने, केशव रेग्मी, हेमन्त रेग्मी, इन्द्र बस्नेत र आकाश पुन निर्वाचित भएका छन् । सल्लाहकार र प्रवक्ता पहिलो बैठकले चयन गर्ने नेपाली जनप्रगतिशील मोर्चा जापानले जनाएको छ । ***

तपाईको प्रतिक्रिया