बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

हामीहरूमध्ये धेरैलाई थाहा छ आज सेप्टेम्बर २३ तारिख जापानमा छुट्टी छ तर, के को छुट्टी हो धेरैलाई थाहा नहुन पनि सक्छ । त्यसैले आउनुस् आज कुरा गरौँ विषुव दिवस अर्थात् ‘स्युबुन नो हि’को जापानमा पर्ने विभिन्न राष्ट्रिय छुट्टीहरू मध्य यो ‘विषुव दिवस’पनि एक हो । यसलाई जापानीमा स्युबुन नो हि (秋分の日) भनिन्छ ।

विषुवको मतलब दिन र रात बराबर हुनु हो । यसलाई नेपालीमा कक्षा ७ कि ८ मा पढ्दा विज्ञान विषय मा ‘सम्पात’ भनेको जस्तो पनि लाग्छ तर नेपालमा यो दिन छुट्टी मनाउने चलन नभएर मैले बिर्सेँ । आज सेप्टेम्बर महिनाको २३ तारिख जापानमा दिन र रात बराबर दिन हुने हुनाले यो दिन लाई पनि विद्याको रूपमा नै मनाउने चलन छ । अर्को जापानी क्यालेन्डर अनुसार यो दिवस पहिला पहिला शरद विषुव दिवस यानेकि आकि नो हि मात्र भनेर मनाउने गरिन्थ्यो र ‘राष्ट्रिय छुट्टीहरू सम्बन्धी कानून’द्वारा तय गरिएको हुन्थ्यो । तर सन् १९४८ अर्थात् द्वितीय विश्व युद्ध पछि यसलाई सबै जनताहरूले पनि मनाउने ‘स्युबुन नो हि’मा परिणत गरिएको हो । यो दिन पुर्खाहरूको आत्माको सम्मान गर्ने र युद्धमा हराएका सहिदहरूको शोक गर्ने दिन पनि बनेको छ । त्यसैले यो हप्तामा ‘ओ हि गान’ अर्थात् ओहाका मायरी पनि गर्ने गरिन्छ ।

द्वितीय विश्व युद्ध भन्दा पहिला यो दिनलाई ‘शरद ऋतु विषुव दिवस’ अथवा ‘आकि कोरीसाई’ भन्ने गरिन्थ्यो र जापानको क्रमिक सम्राटहरु र वितेका शाही परिवारहरुको आत्माको पूजा गर्ने समारोह को रूपमा मनाइन्थ्यो । त्यसपछि, बिस्तारै यो चलन सामान्य मानिसहरूका बिच पनि फैलियो र युद्ध पछि ‘शरद विषुव दिवस’ ​​秋分の日 को नाम दिइयो ।शरद विषुव दिन सामान्यतया सेप्टेम्बर २३ तारिख को आसपास पर्दछ र ‘शरद विषुव दिवस’ को सही मिति जापान को राष्ट्रिय खगोल विज्ञान वेधशाला द्वारा तैयार गरिन्छ । ‘कालानुक्रमिक तालिका’ मा आधारित रहेर मन्त्रिपरिषद् द्वारा वर्षमा कुन दिन छुट्टी दिने निर्णय गरिन्छ । त्यसैले, सेप्टेम्बर २३ हरेक वर्ष एकै दिन छुट्टी हुन्छ भन्ने चाहिँ होइन । खगोलीय गणनाका अनुसार यो दिनको बिदा मिलाएर शनिवार आइतबार विचार गरेर यदि ‘शरद विषुव दिन’ आइतबार पर्‍यो भने २३ तारिख आइतबार पर्‍यो भने सोमबार र त्यही अनुसार क्याबिनेट बाट हरेक वर्ष क्यासेण्डर हेरेर बिदा दिइन्छ ।

तर ‘लीप वर्षहरूमा’ सेप्टेम्बर २२ तारिखको दिन नै पनि दिने गरिन्छ । यदि शरद विषुव दिन सेप्टेम्बर २१ तारिखको दिन पर्‍यो र सोमबार पर्‍यो भने जापानमा  मनाइने अर्को बिदा ‘वृद्ध दिवस’ र शरद विषुव दिवस को छुट्टी एकै दिन मनाइन् । र जापानमा ३ चार दिन छुट्टी पारेर ओहाका यानेकि मरेका पितृहरू बसेका ठाउँ चिहानमा गएर सम्झना गरी फुल धूप र पानी चढाई सबै परिवार जम्मा भई रमाइलोसँग जमघट हुने चलन छ ।अर्को यो सिजनमा धेरै फुल नफुल्ने र यो हिगानबाना तल देखाए जस्तो फुल मात्र फुल्ने हुनाले फुल लिएर आ-आफ्ना पितृसँग भेटी फुल चढाई रमाइलोसँग पारिवारिक जमघट गर्ने चलन छ । टोकियोको नोगावा कोएन नोगामा पार्क मा यो फुल राम्रोसँग फुल्ने हुनाले अहिले धेरै टाढा टाढाबाट समेत यो फुल हेर्न र अवलोकन गर्न आउने मान्छेहरू छन् ।

  • गृष्मा पौड्याल – टोकियो, जापान

तपाईको प्रतिक्रिया