शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं — चालु आर्थिक वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुमा ४८ अर्ब रुपैयाँ कर्जा थपिएको छ । सो अवधिमा बैंकहरु निक्षेपको दोब्बर कर्जा लगानी गरेका हुन ।

भदौ महिनामा अन्तिम सातामा मात्र बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ । भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो । तेस्रो साता ४ अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो ।

अन्तिम साता भने २६ अर्ब रुपैयाँले बढेको हो । भदौ अन्तिम सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।

भदौ महिनामा बैंकहरुमा ४८ अर्ब निक्षेप थपिदा १०८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना भदौससम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया