बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – १९ जुलाईमा पोर्नोग्राफीको मुद्दामा पक्राउ परेका भारतीय व्यवसायी तथा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा सोमबार धरौटीमा रिहा भएका छन् । उनलाई मुम्बई अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो ।

श्रीमान रिहा भएपछि शिल्पा सेट्टीले नराम्रो तुफानपछि पनि सुन्दर इन्द्रेणी देखिन्छ भन्ने साबित भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा इन्द्रेणीको तस्बिर राख्दै श्रीमान छुटेको विषयलाई नयाँ र सुन्दर सुरुवातको रुपमा चित्रण गरेकी छिन् ।

श्रीमान कुन्द्रा जेल परेपछि बीचमा शिल्पाले उनलाई छाड्ने मनस्थिति बनाएको भन्दै भारतीय सञ्चारमाध्यमले हल्ला फैलाएका थिए । तर, शिल्पाले गरेको पोष्टले त्यसलाई पनि गलत साबित गरिदिएको छ ।

पोर्नेग्राफी मुद्दामा पक्राउ परेको कुन्द्राको विषयमा बयान दिँदा शिल्पाले आफूलाई श्रीमानको कामको बारेमा जानकारी नभएको बताएकी थिइन् । उनले बयानमा भनेकी थिइन्, ‘राज काम गर्छन् भन्ने थाहा थियो, तर के काम गर्छन भन्ने थाहा थिएन ।’

तपाईको प्रतिक्रिया