शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – एजुकेशन एण्ड माइग्रेसन कर्नरले गर्ने एउटा शैक्षिक सम्मेलनमा अभिनेत्री उपसना सिंह ठकुरीले पनि परामर्श दिने भएकी छन् ।

एजुकेशन फेयरका रुपमा गर्न लागिएको उक्त कार्यक्रम आगामी १० असोजमा पुतलीसडकस्थित आयोजक संस्थाको कार्यालयमा हुनेछ । उच्चशिक्षा अध्यन गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूलाई जानकारी दिन समय समयमा यस प्रकारको कार्यक्रम गरिँदै आएको छ ।

यस पटकको कार्यक्रममा उच्च शिक्षा अध्यन गर्न अमेरिका, बेलायत र क्यानडा जान चाहने विद्यार्थीहरूलाई परामर्श दिइनेछ । उक्त परामर्शको सम्मेलनमा सहभागी हुन आएका बिध्यार्थीहरू मध्ये गोलाप्रथाबाट २० जनालाई अभिनेत्री ठकुरीले बिभिन्न उपहारहरू प्रदान गर्नेछिन् । २० जनाले नि:शुल्क भिसा प्रोसेसिंग गर्न पाउने जानकारी आयोजक संस्थाका नितेश उप्रेतीले बताए ।

तपाईको प्रतिक्रिया