शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत आज दिउँसो सवा २ बजे खोप काठमाडौं ल्याइएको हो ।

नेपालले चीनसँग पछिल्लो पटक ६० लाख डोज खोप किनेको थियो । जसमध्ये १६ लाख डोज भदौं ४ र ५ गते ल्याइएको थियो । अहिले एकै पटक ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि एक पटकमा ८ लाख डोज मात्र खोप ल्याइएको थियो । त्यो बेला एक भायलमा दुई डोज मात्र हुन्थ्यो ।

जसले गर्दा एक जहाजमा ८ लाख डोज मात्र ल्याइएको थियो । अहिले भने एक भायलमा ५ डोज खोप हुन्छ । जसले गर्दा ४४ लाख डोज खोप नै ल्याउन सम्भव भएको हो । चीनबाट अहिलेसम्म ७४ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ ।

तपाईको प्रतिक्रिया